सदस्यको मृत्युपछि जनउत्थान लघुबित्तद्वारा बीमाबापतको रकम हस्तान्तरण

कैलाली, असोज २४ — जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको असामयिक निधनपछि बीमा सुविधामार्फत कर्जा मिनाहा गर्दै पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

जानकी गाउँपालिका–३ की बसन्ती चौधरीलाई संस्थाले सिटिजन लाइफ इन्सुरेन्समार्फत बीमाबापत रु ३,००,००० (तीन लाख) र काजक्रियाका लागि थप रु १०,००० हस्तान्तरण गरेको हो।

स्व. रामबहादुर थारुको २०८२ असोज २१ गते निधन भएको थियो। त्यसलगत्तै संस्थाको इलाका कार्यालय कोटातुल्सिपुरका अधिकृत मधु कुवर र शाखाका कर्मचारीहरू मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै बीमाबापतको रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकिङ समुदायका प्रतिनिधि, स्थानीयवासी र कर्मचारीसहित करिब १७ जनाको उपस्थिति थियो। कार्यक्रम दुर्गौली शाखाका शाखा सञ्चालन अधिकृत बिनोदसिंह भाटले सञ्चालन गरेका थिए।

सो अवसरमा अधिकृत भाटले जनउत्थान सामुदायिक लघुबित्तले बचत र कर्जा कारोबारसँगै सीप विकास तालिम, ग्राहक संरक्षण कोषमार्फत सुविधा, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा आकस्मिक जोखिम व्यवस्थापनका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार, संस्थाबाट कर्जा लिएका सदस्यको मृत्यु भएमा परिवारलाई बोझ नपरोस् भन्ने उद्देश्यले बीमा सुविधा अनिवार्य गरिएको हो।

जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ र हाल १९ जिल्लामा ३९ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply