राना थारु होमस्टेमा बढ्दो आकर्षण, वार्षिक तीन हजार पर्यटकको बसोबास

कार्तिक २६
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा रहेको राना थारु सामुदायिक होमस्टे हाल स्थानीय आयआर्जनको प्रमुख स्रोत बन्दै गएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको यस होमस्टेमा विशेषगरी हिउँद, फागुनदेखि जेठसम्मका महिनामा आन्तरिक र विदेशी पर्यटकको भीड लाग्ने गरेको छ।

होमस्टेका अध्यक्ष परशुराम रानाका अनुसार गत वर्ष मात्र करिब तीन हजार पाहुनाले यहाँ बास बसेका थिए। निकुञ्जका बाह्रसिङ्गे, चित्तल, बदेल र मयूरजस्ता वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकहरू राना थारु समुदायको परिकार, परिधान र सांस्कृतिक नृत्यको अनुभव लिन यहीँ बस्न रुचाउँछन्। हाल आठ घरमा सञ्चालनमा रहेको होमस्टेबाट प्रत्येक परिवारले वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ।

भीमदत्तको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा पनि यस्तै होमस्टे सञ्चालनमा छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टका अनुसार यी होमस्टेहरू पर्यटकमैत्री र उपयोगी छन्। उनका अनुसार निजी क्षेत्र, दातृ निकाय र स्थानीय समुदायको सहकार्यमा यस क्षेत्रका होमस्टेहरू अझ सुदृढ र आकर्षक बनाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply