कृष्णपुरमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि अनुगमन सम्पन्न

हेमा भट्ट, मंसिर १
कञ्चनपुर, कृष्णपुर – KOICA (कोरिया इन्टरनेशनल अपरेसन एजेन्सी) का देश निर्देशक मुहेन काङ, डिपुटी कन्ट्री डाइरेक्टर चुङ ही चोई, र CTEVT का कार्यकारी निर्देशक महेश भट्टराईले कृष्णपुर नगरपालिका वडा नं. ७ स्थित मैदानको तेस्रोपटक अनुगमन गरेका छन्।

अनुगमनको क्रममा नगर प्रमुख हेमराज ओझाले यसको सार्थकता औँल्याउँदै, निर्माण कार्य अनिवार्य रूपमा अगाडि बढाउने र केही कार्य फाइलहरू विशेष पहलमा अघि बढिसकेको जानकारी गराएका छन्। मेयर ओझा र टीमले मैदानको चारैतिर पैदलमार्ग बनाई अनुगमन सम्पन्न गरेका थिए। अनुगमनमा नगर उपप्रमुख द्रौपती राना, वडा नं. ७ का अध्यक्ष घुम्न राना, वडा नं. ९ का अध्यक्ष कैलाश बलायर, वडा नं. ७ का सदस्यहरू, समाजसेवी र बुद्धिजीवीहरू उपस्थित थिए। प्रमुख अतिथिलाई फूलमालासहित स्वागत गरिएको थियो।

वडा नं. ७, कलुवापुरस्थित ८ बिगाहा जग्गामा स्थापनाप्रति भएको सम्झौता अनुसार KOICA, कृष्णपुर नगरपालिका र CTEVT मिलेर सुदूरपश्चिम प्रदेशमा बहुप्राविधिक शिक्षालय (Polytechnic Institute) स्थापना गर्ने सहकार्य गर्दैछन्। यस परियोजनाले प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

नगर प्रमुख ओझाले बताएअनुसार, यस शिक्षालयमा डिप्लोमा तथा पूर्व-डिप्लोमा तहका कार्यक्रमहरू (अटोमोबाइल तथा इलेक्ट्रिकल इन्जिनियरिङ) साथै छोटो अवधिका व्यवसायिक तालिमहरू (टेलरिङ र ब्युटिसियन प्रशिक्षण) सञ्चालन गरिनेछ। आगामी सम्झौतामार्फत आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र रोजगारमुखी शिक्षा प्रणाली स्थापना गरी प्राविधिक शिक्षा र रोजगारीका अवसरहरू थप व्यापक बनाउने लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply