गेटा मेडिकलमा रजिस्ट्रारका १० आवेदन स्वीकृत

मंसिर ३
कैलालीस्थित **शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल विश्वविद्यालय)**ले रजिस्ट्रार पदका लागि प्राप्त १० वटा आवेदन स्वीकृत भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष्टि गरेको छ। तर उपकुलपति पदका लागि भने पर्याप्त आवेदन नपरेको भन्दै मंसिर ५ गतेसम्म दरखास्त म्याद थपिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उपलब्ध गराएको सूचीअनुसार रजिस्ट्रारका लागि आवेदन स्वीकृत हुनेहरूमा— चन्द्रप्रकाश भट्ट (ललितपुर), प्रमोदकुमार यादव (धनुषा), डबलबहादुर धामी (बझाङ), खेमराज जोशी (कञ्चनपुर), शिवप्रसाद सापकोटा (कैलाली), डमरु पनेरु (कञ्चनपुर), गोविन्दसिंह बिष्ट (बैतडी), शिला मैनाली (बारा), भीमबहादुर चन्द (बैतडी) र पदमराज जोशी (कैलाली) रहेका छन्। रजिस्ट्रार तथा उपकुलपति दुवै पदका लागि १५ कात्तिकमा १५ दिनको म्याद राखी विज्ञापन खुलाइएको थियो। सिफारिस समितिले दुवै पदका आवेदकहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको छोटो सूची (shortlist) तयार गर्नेछ।

नियमअनुसार रजिस्ट्रार पदका लागि स्नातकोत्तर उपाधि, साथै उच्च शिक्षामा प्राध्यापन, अनुसन्धान वा स्वास्थ्य प्रशासन तथा प्रथम श्रेणी राजपत्राङ्कित सेवामा कम्तिमा पाँच वर्ष अनुभव अनिवार्य मानिएको छ। उपकुलपति पदका लागि भने चिकित्सा शिक्षासम्बन्धी विद्यावारिधि (PhD) वा समकक्ष उपाधि प्राप्त गरेको र कम्तीमा १० वर्ष प्राध्यापकका रूपमा सेवा अनुभव अनिवार्य छ। दुवै पदमा उमेर सीमा ३५–६१ वर्ष बीच हुनुपर्ने र दरखास्त दिनुअघि कुनै राजनीतिक दलको सदस्य नभएको प्रमाणित गर्नुपर्ने नियमसमेत मन्त्रालयले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply