जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड राष्ट्रिय स्तरमा उत्कृष्ट उद्यमी सहकारी घोषित

कृष्ण केसी, मङ्सिर ६,
बाँके- नेपालभर ३५ हजारभन्दा बढी सहकारी संस्थाहरू सञ्चालनमा छन्, जस मध्ये ५५० भन्दा बढी उद्यमी सहकारी संस्था हुन्। बाँके जिल्लामा २०६८ सालमा हेफर इन्टरनेसनल नेपालद्वारा सञ्चालित साना किसान सुदृढीकरण परियोजना (SLVC-1) कार्यक्रम सुरु भएको थियो।

उक्त परियोजनाले आर्थिक रूपमा विपन्न साना महिला किसान सदस्यहरूलाई समूहको माध्यमबाट एकीकृत गर्दै उनीहरूलाई उद्यमशीलता, नेतृत्व विकास र वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो। यसै प्रयासबाट २०७२ साल फागुन ३ गते जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको स्थापना भएको हो।

संगठनले १० वर्षको अवधिमा महिला उद्यमी शेयर सदस्य केन्द्रित सेवा प्रवाह गर्दै गुणस्तरीय खसी–बाख्राको निरन्तर बजारीकरण गर्दै आएको छ। यस कार्यले सदस्य महिलाको आर्थिक सुधार, नेतृत्व विकास र व्यावसायिक खसी पालन सीपमा उल्लेखनीय वृद्धि गरेको छ। साथै, सहकारीमार्फत उद्यमशीलता सम्बन्धी नविनतम कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्।

यस सराहनीय कामको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले रूपन्देही जिल्लाको तिलोतमा आयोजित २२ औं वार्षिक साधारण सभामा जननी सामाजिक उद्यमी महिला सहकारीलाई देशकै उत्कृष्ट उद्यमी सहकारी संस्थाका रूपमा सम्मान गरेको छ।

संस्थाले महिला साना किसान उद्यमीहरूलाई निरन्तर सदस्य केन्द्रित सेवा प्रवाह गर्दै, उनीहरूले उत्पादन गरेका कृषि उपजहरूको सहज बजारीकरण गरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सहकारीले १ हजार खसी स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री वितरण गरी १ करोड ८६ लाख रुपैयाँको कारोबार हासिल गरेको छ।

हाल संस्थामा ९६८ शेयर सदस्यहरू रहेका छन्। शेयर कारोबार रकम १ करोड १३ लाख ५१ हजार र व्यवसाय विस्तारका लागि महिला उद्यमीहरूलाई ७ करोड २५ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरिएको छ। संस्थाको कुल वासलातको कारोबार ९ करोड ८४ लाख २९ हजार पुगेको छ।

हेफर इन्टरनेसनल नेपालद्वारा स्थापना भएका ३०० भन्दा बढी उद्यमी महिला सहकारी संस्थाहरू मध्ये बाँके जिल्लामा मात्रै १७ संस्था सञ्चालनमा छन्। जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड देशकै उत्कृष्ट उद्यमी सहकारी बन्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply