प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ : निर्वाचन आयोगले विस्तृत कार्यक्रम सार्वजनिक

मंसिर ७
हेमा भट्ट, काठमाडौं
निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि पहिलो हुने निर्वाचित हुने (FPTP) र समानुपातिक (PR) दुवै प्रणालीअन्तर्गत लागू हुने विस्तृत चुनाव कार्यक्रम सार्वजनिक गरेको छ। आयोगको मिति २०८२ कार्तिक ३० गते बसेको बैठकले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यतालिका पारित गर्दै आयोगको वेबसाइट तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय जनाएको हो।

आयोगले प्रकाशित कार्यतालिका अनुसार मनोनयन दर्तादेखि मतदान तथा मतगणनासम्मका सबै गतिविधि माघ, फागुन महिनाभित्र चरणबद्ध रूपमा सम्पन्न हुनेछन्।

मनोनयन दर्ता : माघ ६ गते बिहान १०:०० बजेबाट साँझ १७:०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा।
दर्ता भएका मनोनयनको सूची प्रकाशन : सोही दिन १७:००–१९:०० बजे।
उम्मेदवारविरुद्ध उजुरी अवधि : माघ ७ गते बिहान १०:००–१५:०० बजेसम्म।
मनोनयन तथा उजुरी छानबिन : माघ ७ र ८ गते तोकिएको समयभित्र।
नामावली प्रकाशन : माघ ८ गते साँझ १७:०० बजे।
नाम फिर्ता अवधि : माघ ९ गते दिउँसो १३:०० बजेसम्म।
अन्तिम नामावली प्रकाशन : सोही दिन १३:००–१५:०० बजेभित्र।
निर्वाचन चिन्ह वितरण : माघ ९ गते १६:००–१९:०० बजे।
दल पंजीकरण तथा निवेदन दर्ता : मंसिर २१–२३ गते बिहान १०:००–१६:००।
दलहरूको नामावली प्रकाशन : मंसिर २४ गते बिहान १०:००–१६:००।
उम्मेदवारको बन्दसूची दर्ता : पौष १३ र १४ गते बिहान १०:००–१६:००।
बन्दसूची अन्तिम प्रकाशन : माघ २० गते बिहान १०:००–१७:००।

आयोगले समानुपातिक बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू कानुनी रूपमा नाम हटेको अवस्थामा बाहेक FPTP तर्फ उम्मेदवार बन्न नपाउने प्रावधान यथावत् लागू हुने स्पष्ट पारेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते बिहान ७:०० बजेदेखि साँझ १७:०० बजेसम्म देशभरका मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

मतदानअघि ४८ घण्टादेखि प्रचार–प्रसार पूर्णरूपमा निषेध हुने आयोगले जानकारी दिएको छ।
निषेध अवधि फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुनेछ।

मतदान सम्पन्न भई सबै मतपेटिका सुरक्षित रूपमा भण्डारण भएपछि मात्रै
निर्वाचन अधिकृतले मतगणना कार्य शुरू गर्ने आयोगले जनाएको छ। मतपेटिका
सुरक्षित हातमा पुगेको सुनिश्चित भएपछि मात्र गणना अघि बढाइनेछ

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन प्रक्रियालाई
निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन आवश्यक तयारी तीव्र पारिएको उल्लेख
गर्दै निर्वाचन कार्यक्रम सार्वजनिकसँगै देशभर चुनावी माहोल थप सुदृढ
बन्दै गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply