हेमा भट्ट, १६ मंसिर २०८२
कञ्चनपुर — कृष्णपुर नगरपालिका–९, राजघाटस्थित श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूहले आगामी २०८२ साल मंसिर २० गते (२०८२/०८/२०) आफ्नो नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ। समूहका अनुसार साधारण सभा बिहान ११ बजे वनदेवी सामुदायिक वन उपभोक्ता समूह भवनमा आयोजना गरिनेछ।
उपभोक्ताहरूको सक्रिय सहभागिता र वार्षिक गतिविधिको मूल्यांकनका लागि सभा बोलाइएको समूहका अध्यक्ष निरज भण्डारीले जानकारी दिएका छन्। साधारण सभामा आगामी वर्षको योजना, बजेट, कार्यक्रम समीक्षा तथा आवश्यक नीतिगत निर्णयहरूमा छलफल गरिने अपेक्षा गरिएको छ।
यसअघिको औपचारिक सूचनाअनुसार, उपभोक्ता समिति गठनसम्बन्धी प्रक्रिया कृष्णपुर नगरपालिका–९ को नगर कार्यपालिकाको कार्यालयमार्फत २०८२/०८/०७ गते नै सार्वजनिक गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
