पुनर्वास–९ मा एकदिने आँखा शिविर सम्पन्न, ३४८ जनाले सेवा लिएका

धनबहादुर बिक, पुनर्वास, २० मंसिर – पुनर्वास नगरपालिका–९ मा एकदिने आँखा शिविर सञ्चालन भएको छ। उक्त शिविरमा ३४८ जनाले सेवा लिएका छन्।

शिविरका क्रममा १७७ सामान्य बिरामीलाई आँखा औषधि प्रदान गरिएको थियो भने १०३ जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो। त्यस्तै, ५९ जना आँखा बिरामीलाई वडा सिफारिस अनुसार निशुल्क मोतियाबिन्दुको अपरेशन गरिने वडा अध्यक्ष नरबहादुर बिक ले जानकारी दिनुभयो।

शिविर लक्ष्मी सनराइज बैंक लिमिटेड, धनगढी शाखा को आयोजनामा, धनगढी नेत्रालय आँखा अस्पताल, कैलाली को प्राविधिक सहयोग तथा पुनर्वास नगरपालिका–९ को सहकार्यमा सञ्चालन गरिएको थियो।

शिविरमा आयोजक बैंकका कार्यक्रम अधिकृत सुरेश भट्ट, स्थानीय सहजकर्ता युवराज पौडेल, तथा नेत्रालयका स्वास्थ्यकर्मी संगिता वम, बबिता चन्द, ललिता चौधरी र प्रमोद राना उपस्थित थिए। साथै, वडाका जनप्रतिनिधि नरबहादुर बिक, राजन सुनार, मणिनाथ बोगटी लगायत सेवाग्राहीलाई सेवा प्रदानका लागि खटिएका थिए।

सुरेश भट्टले सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले निशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए। वडा अध्यक्ष बिकले भने, “पुनर्वास–९ को विकट बस्तीमा आँखा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिन पाउँदा हामीलाई खुसी लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply