कञ्चनपुरको बसन्तुरमा १६ दिने अभियानअन्तर्गत महिलामुखी अन्तरक्रिया

हेमा भट्ट
कञ्चनपुर, मंसिर २१ — लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान–२०८२ अन्तर्गत कृष्णपुर नगरपालिका–६, बसन्तुरमा महिलामुखी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “प्रविधिको सही उपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सञ्चालन भएको कार्यक्रम डिजिटल तथा अनलाइन माध्यममार्फत बढ्दो हिंसा रोकथाममा केन्द्रित थियो।

कृष्णपुर नगरपालिकाको आयोजनामा तथा NNSWA, World Vision, CORPS र DEINलगायत संस्थाको सहकार्यमा गरिएको कार्यक्रममा महिलामाथि देखिने सामाजिक, मनोवैज्ञानिक र डिजिटल हिंसाका प्रकार, साइबर सुरक्षाका उपाय तथा कानुनी पहुँचबारे विस्तृत जानकारी दिइयो।

सञ्चालिका चन्दा तिमिल्सिनाले अनलाइन दुरुपयोग, नक्कली प्रोफाइल, गोपनीयता उल्लङ्घन र डिजिटल धम्कीका जोखिमबारे सहभागीलाई सचेत गराउँदै सुरक्षित इन्टरनेट प्रयोगका तरिका शिकाइन्।

अन्तरक्रियामा सहभागी महिला तथा किशोरीहरूले आफ्ना अनुभव साझा गर्दै डिजिटल हिंसा नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय तहको संयुक्त भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए।

अभियानअन्तर्गत वडा–६ का विद्यालय, टोल तथा समुदायमा सचेतनामूलक कार्यक्रम, परामर्श सत्र र हस्ताक्षर अभियान निरन्तर चलाइने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply