मंसिर २२ धनगढी ।
हरेक वर्ष सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव आज(सोमबार)देखि धनगढीमा सुरु हुँदै छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी–१ पशुपति टोलमा रहेको खुला मैदानमा महोत्सव हुन लागेको हो ।
संघले २०६३ सालदेखि धनगढीमा आयोजना गरिरहेको सुदूरपश्चिम महोत्सवको यो १९ औं संस्करण हो ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरि ५ सय बढी स्टलहरु रहने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए ।
आगामी पुस २ गतेसम्म सञ्चालन हुने महोत्सव अनुमानित ३ करोडको लगानीमा सम्पन्न हुने तथा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोवार हुने अनुमान गरिएको उनले बताए ।
अध्यक्ष ओझाले यस वर्षको महोत्सवमा करिब ७ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु.५०,सर्वसाधारणलाई रु.१०० टिकटदर राखिएको तथा जेष्ठ नागरिक र अपांगता भएकालाई प्रवेश निःशुल्क गरिने आयोजकले जनाएको छ ।
महोत्सवको अर्थमन्त्री रामेश्वर खनाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । महोत्सवको उद्घाटन कार्यक्रम आज दिउँसो २ बजे रहेको आयोजकले जनाएको छ ।

