कैलाली उद्योग वाणिज्य संघ–हेल्भटासबीच सीप विकासमा सहकार्य

कैलाली। सुदूरपश्चिम प्रदेशमा युवालाई लक्षित गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई मजबुत बनाउने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघ र हेल्भटासबीच सहकार्यको नयाँ अध्याय सुरु भएको छ। दुवै संस्थाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सीप विकास र रोजगारी प्रवर्द्धनतर्फ निजी क्षेत्रको भूमिका थप सशक्त हुने अपेक्षा गरिएको छ।

सम्झौतामा संघका अध्यक्ष पुष्करराज ओझाले संघको तर्फबाट हस्ताक्षर गरे भने हेल्भटासतर्फबाट दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो, नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना–दोस्रो र युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम कार्यक्रमका टिम लिडरहरूले हस्ताक्षर गरेका हुन्।

संघका कार्यकारी अधिकृत दिनेशराज ओझाका अनुसार यो सहकार्यले सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षा र तालिमको क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

अध्यक्ष ओझाले श्रम बजारको आवश्यकता अनुसार युवालाई सीप प्रदान गरी रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न यो सम्झौता प्रभावकारी हुने विश्वास व्यक्त गरे। निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले प्राविधिक शिक्षालाई व्यवहारिक, रोजगारमुखी र परिणाममुखी बनाउन मद्दत पुग्ने उनको भनाइ छ।

संघका अनुसार उक्त सहकार्यले प्रदेशका युवालाई स्वदेशमै सीपमूलक रोजगारीका अवसर सिर्जना गर्दै दीगो आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply