भन्सार छलीका सामानसहित दुई जना पक्राउ

पुस २
दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको महाकाली नगरपालिका–४ बाङ्गाबगर लास्सुखोला दोभानस्थित महाकाली नदीको किनाराबाट बझाङको दुर्गाथली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेम शालिकस्थित कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकी पक्राउ परेका हुन्।

उनीहरु दुबै जनालाई नेपालबाट महाकाली नदी पार गरी भारततर्फ भन्सार छली गरि लैजादै गरेको अन्दाजी ७९ हजार मूल्य बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो। उक्त सामानसहित दुबै जनालाई सामुदायिक सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार नियन्त्रण लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply