पुस ३
सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवापर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ। विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाहरुले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन्। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
