कृष्णपुर–२ द्वारा राष्ट्रपति रनिङ शिल्डका खेलाडीलाई जर्सी वितरण

हेमा भट्ट, पुस ४
कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं. ०२ को कार्यालयद्वारा आयोजित १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ मा सहभागी दुई सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरूलाई खेल सामग्री सहयोग स्वरूप जर्सी वितरण गरिएको छ।

वडा कार्यालयले श्री उदय माध्यमिक विद्यालय, बङ्क र श्री सरस्वती माध्यमिक विद्यालय, बाणीका विद्यार्थी खेलाडीहरूलाई समान रूपमा ४०/४० थान खेल जर्सी वितरण गरेको हो। प्रतियोगितामा सहभागी खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले गरिएको यस सहयोगले विद्यालयस्तरीय खेलकुद प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।

जर्सी वितरण कार्यक्रममा बोल्दै सरस्वती माध्यमिक विद्यालय, बाणीका प्रधानाध्यापक अम्बादत्त बडुले वडा अध्यक्ष तथा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै खेलकुद क्षेत्रप्रति वडाले देखाउँदै आएको चासो प्रशंसनीय रहेको बताए। उनले आगामी दिनहरूमा पनि वडा सरकारबाट यस्तै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

त्यसैगरी उदय माध्यमिक विद्यालय, बङ्कका प्रधानाध्यापक बम्मन रानाले वडा सरकारलाई धन्यवाद दिँदै विद्यालयका विभिन्न गतिविधिमा वडाले भौतिक संरचना निर्माणदेखि शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्दै आएको बताए। यस्तो सहकार्यले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास उनले व्यक्त गरे।

वडा कार्यालयले खेलकुदलाई विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र नेतृत्व विकाससँग जोडिएको महत्वपूर्ण माध्यमका रूपमा लिँदै आएको जनाएको छ। राष्ट्रपति रनिङ शिल्डजस्तो प्रतिष्ठित प्रतियोगितामा स्थानीय विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न वडाबाट गरिएको सहयोग सराहनीय रहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्यमा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई दिँदै सफल प्रदर्शनको कामना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply