सुजुकी संजय मोटर्स धनगढीमा विशेष एक्सचेञ्ज अफर सुरु

हेमा भट्ट पुस ९

धनगढी। धनगढीको सहिद गेट, चटकपुरस्थित सुजुकी संजय मोटर्सले सवारीसाधन प्रेमीहरूका लागि विशेष एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ।

आगामी पौष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस अफरअन्तर्गत ग्राहकहरूले आफ्ना सबै किसिमका पुराना सवारीसाधन नयाँ सुजुकी सवारीसँग ५० प्रतिशतसम्मको आकर्षक मूल्यांकनमा एक्सचेञ्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

पुरानो सवारी बदल्दै नयाँ, अत्याधुनिक र भरोसायुक्त सुजुकी सवारी आफ्नो बनाउने उत्कृष्ट अवसरका रूपमा यो योजना ल्याइएको सुजुकी संजय मोटर्सले बताएको छ। सीमित समयका लागि मात्र उपलब्ध यस अफरले ग्राहकलाई सुविधा, बचत र विश्वास प्रदान गर्ने कम्पनीको विश्वास छ।

एक्सचेञ्ज अफरमा सहभागी हुन इच्छुक ग्राहकहरूले ९८५८४२३९१२ वा ०९१–५९०९५५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply