कैलाली–५ मा प्रतिनिधिसभा उम्मेदवारको दौड सुरु, नेकमपाबाट पाँच नाम सिफारिस

कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक सरगर्मी बढ्दै गएको छ। नेपाली कम्युनिस्ट पार्टीले उक्त क्षेत्रबाट उम्मेदवार चयनको प्रारम्भिक चरणमा पाँच जनाको नाम सिफारिस गरेको छ।

एकीकरणअघि रहेका क्षेत्रीय कमिटीहरूको संयुक्त बैठकबाट उम्मेदवारका नाम टुंग्याइएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले जानकारी दिए। पार्टीले शाहकै नाम पहिलो प्राथमिकतामा राख्दै जिल्ला कमिटीमा पठाएको छ।

यसैगरी प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि सिफारिस सूचीमा समावेश छ। पुनमगरलाई पार्टीभित्रको ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्वका रूपमा अघि सारिएको शाहले बताए।

उता नेपाली कांग्रेसले पनि यस क्षेत्रका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेको छ। कांग्रेसबाट नेतृ आरजु राणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्वमेयर नृपबहादुर ओड र विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला हुँदै प्रदेशबाट केन्द्रमा सिफारिस भइसकेको छ।

दुवै प्रमुख दलबाट उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनेसँगै कैलाली–५ आगामी निर्वाचनमा प्रतिस्पर्धात्मक क्षेत्र बन्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply