हेमा भट्ट पुस १०
धनगढी — नेपाल लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखा र अत्तरिया शाखाको संयुक्त आयोजनामा २०८२ सालको पिकनिक (बनभोज) कार्यक्रम गोदावरी नगरपालिका–४ स्थित रमणीय पर्यटकीय स्थल खानिडाँडा (चिसापानी) मा भव्य रूपमा सम्पन्न भएको छ।


बिहान १० बजे सुरु भएको पिकनिक कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरू आफ्नै साधन र बसमार्फत पिकनिक स्थल पुगेका थिए। कार्यक्रम स्थलमा नेपाल लाइफका एजेन्सी मेनेजर लालबहादुर चौधरी सबैभन्दा पहिला पुगेर सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो।


कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मानन्द पन्त, धनगढी शाखा प्रमुख गणेशराज अवस्थी, एस.ए.एम. मदनराज भट्ट, अत्तरिया उप–शाखा प्रमुख त्रिप्ती पाठक, टिकापुर शाखा प्रमुख दीपक पन्थी, सुखड उप–शाखा प्रमुख भक्तबहादुर चन्द, सह–सचिव रेश्मा राना, सुदूरपश्चिम अपरेसन इन्चार्ज महेन्द्र भट्ट, सिनियर एजेन्सी मेनेजर रमेशकुमार चौधरी, नेपाल लाइफ बीमक समिति शाखा अध्यक्ष मीनबहादुर कुवर, एजेन्सी मेनेजरहरू अर्जुनबहादुर कुवर, सीता बिष्ट, बेलौरी उप–शाखा प्रमुख यज्ञ श्रेष्ठ लगायत महिला–पुरुष गरी करिब ५० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।


पिकनिक कार्यक्रममा मनोरञ्जनात्मक खेलकुद, आपसी अनुभव आदान–प्रदान, परिचयात्मक कार्यक्रम, गीत–संगीत तथा नृत्यजस्ता गतिविधिहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले सामूहिक रूपमा खाना पकाउने, नास्ता–खाजा तथा पानीको व्यवस्थापन गर्दै आत्मीय वातावरणमा कार्यक्रमको आनन्द लिएका थिए। चारैतिरको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले पिकनिकलाई थप रमाइलो बनाएको थियो।


कार्यक्रममा प्रदेश प्रमुख दिपक राज भट्टले सहभागी सबैलाई शुभकामना दिँदै लक्ष्यप्रति प्रतिबद्ध भई अझ सक्रियताका साथ अघि बढ्न आग्रह गर्नुभयो। धनगढी शाखा प्रमुख गणेशराज अवस्थीले कार्यक्रम सञ्चालन गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने अन्य शाखा तथा उप–शाखा प्रमुखहरूले पनि आफ्ना सुझावसहित शुभकामना आदान–प्रदान गरेका थिए। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स देशकै सर्वाधिक विश्वासिलो तथा उत्कृष्ट जीवन बीमा कम्पनी भएको उल्लेख गर्दै यसका विभिन्न बीमा योजनाबारे जानकारीसमेत गराइएको थियो।


अन्तिम चरणमा धनगढी शाखा प्रमुख गणेशराज अवस्थीको स्वागत मन्तव्यसहित विशेष मनोरञ्जनात्मक खेल ‘घैटो–गाग्री फुटाउने’ कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त खेलले सहभागीहरूलाई निकै हँसाएको थियो। खेलमा रमेश चौधरी प्रथम हुन सफल हुनुभयो।


सहभागीहरूले पिकनिक कार्यक्रमले कर्मचारी तथा अभिकर्ताबीच आपसी आत्मीयता बढाउनुका साथै कार्यक्षेत्रमा नयाँ ऊर्जा थपेको प्रतिक्रिया दिएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले यस्ता कार्यक्रममार्फत टोली भावना, सकारात्मक कार्य वातावरण र संगठनात्मक एकता सुदृढ बनाउँदै आएको जनाएको छ।


नेपाकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्ससँगै
जीवन बीमा गरौँ, सुरक्षित भविष्य बनाऔँ।


















