हेमा भट्ट, पुस १२
धनगढी — धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शहिद गेट रोडमा रहेको संजय अटो सेल्स एण्ड रि–कण्डिसन हाउसले बाइक तथा गाडी प्रेमी ग्राहकलाई लक्षित गर्दै विशेष सुजुकी एक्सचेन्ज कार्निवल आयोजना गरेको छ। पौष ११ गतेदेखि सुरु भएको यस कार्निवलमा ग्राहकको उल्लेखनीय सहभागिता देखिएको छ।
संजय अटो सेल्सले लामो समयदेखि धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गर्दै सबै कम्पनीका नयाँ तथा पुराना गाडी र मोटरसाइकलको खरीद–बिक्री, सर्भिसिङ तथा स्पेयर पार्ट्सको सेवा प्रदान गर्दै आएको छ। साथै, यहाँ विभिन्न ब्रान्डका हेलमेट र Veedúi lubricants थोक तथा खुद्रा मूल्यमा सहजै उपलब्ध हुने व्यवस्था गरिएको छ।

सञ्चालकहरूका अनुसार एक्सचेन्ज कार्निवल अन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा गाडी साटेर नयाँ सुजुकी बाइक खरिद गर्दा न्यूनतम रु. १०,००० देखि अधिकतम रु. ५०,००० सम्मको अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्। यससँगै, ग्राहकलाई सजिलो किस्ताबन्दी तथा वित्तीय सुविधा पनि उपलब्ध गराइएको छ। सो सुविधाका लागि ग्राहकले केवल आफ्नै नागरिकता लिएर उपस्थित भए पुग्ने जनाइएको छ।
कार्निवलमा विशेष गरी सुजुकी एभेनिस १२५ र जिक्सर १५५ मोडेलका बाइकहरूलाई प्राथमिकतामा राखिएको छ। युवापुस्तामाझ लोकप्रिय यी मोडेलहरू उत्कृष्ट माइलेज, आकर्षक डिजाइन र भरपर्दो परफर्मेन्सका कारण ग्राहकको रोजाइमा पर्दै आएका छन्।

संजय अटो सेल्सका प्रतिनिधिले एक्सचेन्ज कार्निवलको उद्देश्यबारे जानकारी दिँदै भने, “हामीले ग्राहकलाई छरितो, भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं। आर्थिक रूपमा सहज विकल्पमार्फत ग्राहकले आफ्नो सपनाको सुजुकी बाइक सजिलै घर लैजान सकून् भन्ने हाम्रो चाहना हो।”
पौष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस एक्सचेन्ज कार्निवलमा ५० प्रतिशतसम्मको एक्सचेन्ज मूल्याङ्कन पाउने अवसर रहेको आयोजकले जनाएको छ। पुरानो सवारी साधन विदा गरेर नयाँ, भरपर्दो र आधुनिक सुजुकी बाइक चढ्ने उपयुक्त अवसर भएकाले ग्राहकलाई समयमै लाभ उठाउन आग्रह गरिएको छ।

अधिक जानकारी तथा बुकिङका लागि इच्छुक ग्राहकले ९८१३९९८२९५, ९८५८४२३९१२, ९८०१४७११८८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, फोन नम्बर ०९१–४१०१०५ मार्फत पनि जानकारी लिन सकिने छ।
सुदूरपश्चिम क्षेत्रमा सुजुकी ब्रान्डको विश्वासिलो नामका रूपमा परिचित संजय अटो सेल्स एण्ड रि–कण्डिसन हाउसले आयोजना गरेको यस एक्सचेन्ज कार्निवलले ग्राहकलाई नयाँ सवारी चढ्ने उत्साह थपेको छ।

