हेमा भट्ट, पुस १६
कञ्चनपुर — अत्यधिक जाडोका कारण मौसम प्रतिकूल भई विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै कृष्णपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन विदा दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार मिति २०८२/०९/१७ र १८ गते विद्यालयमा विदा रहनेछ। विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त विदा हिउँदे विदाबाट कट्टी हुने गरी प्रदान गरिएको जनाइएको छ।
नगर प्रमुखको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा सबै विद्यालयलाई सोहीअनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
