बिष्णु योग साधना केन्द्रद्वारा अंचल बाल अनाथालयमा खाद्य सामग्री वितरण

सञ्जय महर , महेन्द्रनगर पुस २१
समाज कल्याणको उद्देश्यका साथ बिष्णु योग साधना केन्द्रले अंचल बाल अनाथालयमा खाद्य सामग्री वितरण गरेको छ। केन्द्रद्वारा १ बोरा चामल, विभिन्न तरकारी तथा अन्य खानेकुरा वितरण गर्नुका साथै अनाथालयमै खाना पकाएर बालबालिकालाई खुवाइएको थियो।

उक्त कार्यक्रम बिष्णु योग साधना केन्द्रका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। बालबालिकालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी र आत्मीय अनुभूति भएको केन्द्रकी कोषाध्यक्ष विजया लक्ष्मी अवस्थीले बताउनुभयो। उहाँले यस्ता सामाजिक कार्यले मानविय संवेदना र सेवाभावलाई अझ सुदृढ बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी सू.प.वि इञ्जिनियरिङ अध्ययनरत पूजा पालीले अनाथालयमा बजेटको अभाव रहेको जानकारी दिँदै सहयोगी मन भएका सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो। साथै उहाँले अनाथालयका बालबालिकामा धेरै प्रतिभा रहेको र उचित अवसर पाएमा उनीहरू अझ अघि बढ्न सक्ने बताउनुभयो।

बिष्णु योग साधना केन्द्रको यस किसिमको सामाजिक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पीडित तथा असहाय बालबालिकाको जीवनमा आशा र मुस्कान थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply