कृष्णपुर–९ मा पहिलोपटक भव्य माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

हेमा भट्ट
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा यस वर्ष हिन्दुहरूको महान पर्व माघीको अवसरमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। सामाजिक सद्भाव, सांस्कृतिक पहिचान तथा आपसी मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा विशेष महत्वका साथ हेरिएको छ।

कार्यक्रम संयोजक हेमा भट्टका अनुसार माघी पर्वको मौलिकता झल्कने गरी थारु समुदायसहित विभिन्न जाति–समुदायका सांस्कृतिक प्रस्तुति समेटिनेछन्। कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य, गीत, सांस्कृतिक झाँकी तथा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ, जसले माघी पर्वको रौनक थप्ने अपेक्षा गरिएको छ।

आयोजक समितिले कृष्णपुरवासी मात्र नभई छिमेकी क्षेत्रका सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

२०८२ साल माघ ०३ र ०४ गते समय: बिहान ११ बजेदेखि
स्थान: राजघाट खेल मैदान
(राजघाटदेखि राजपुर जाने बाटो)
आयोजक:
विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२
कृष्णपुर नगरपालिका–९, कञ्चनपुर

माघी पर्वलाई उत्सवमय बनाउँदै सांस्कृतिक एकताको सन्देश फैलाउने यो कार्यक्रम कृष्णपुर क्षेत्रका लागि ऐतिहासिक हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply