धनबहादुर विक
पुनर्वास, २८ पुष — पुनर्वास नगरपालिका ७, ८, ९ का ४२ सय सदस्य रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २६औँ वार्षिक साधारणसभा संस्था कार्यालय परिसरमा भव्यरूपमा सम्पन्न गरेको छ
कार्यक्रममा कोषाध्यक्ष शर्मिला सुनारले आर्थिक वर्ष ०८१/०८२ को कुल आय–व्यय रु. २६,६६,४५३ प्रस्तुत गर्दै सञ्चालन प्रतिवेदन पेश गरिन्। वन क्षेत्रफल २६७ हेक्टरमा साल, युके लिप्टिस, सिसम, डालेघास, बाँस, टिक, बकाइनो, खयर, जामुनलगायत रूखहरू रोपिएको उल्लेख गरिएको थियो।
पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्माले वन
src=”https://raikwarkhabar.com/wp-content/uploads/2026/01/inbound8222072845621862284-300×135.jpg” alt=”” width=”300″ height=”135″ class=”alignnone size-medium wp-image-87500″ />
संरक्षणमा स्थानीय उपभोक्ता र पदाधिकारीहरूको योगदानको प्रशंसा गर्दै, वनलाई बहुपयोगी विकासको मार्गमा लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले चोरी–तस्करी नियन्त्रण र आगलागी रोकथामका लागि आम उपभोक्ताको नैतिक जिम्मेवारी महत्त्वपूर्ण भएको बताए।
कुण्डा सब–डिभिजन वन अधिकृत दिनेश कुमार यादवले वनसँग सम्बन्धित प्रशासनिक नियम, सामुदायिक वन ऐन र संरक्षण सिद्धान्तबारे प्रकाश पार्दै, वनको थप विकासका लागि प्रशासनिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्व अध्यक्ष कृष्णबहादुर तामाङले वनलाई पुनर्वासको मेरुदण्डको रूपमा व्याख्या गर्दै, यसको संरक्षणमा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। उहाँले भ्यु टावर निर्माण जस्ता महत्वाकांक्षी योजना पुरा गर्नुपर्नेमा पनि जोड दिनुभयो।
सभामा अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा चालु आर्थिक वर्षका वन संरक्षण, अग्नि नियन्त्रण, वृक्षारोपण, रानिवन भ्यु पार्क सरसफाइ, पर्यटकीय संरचना निर्माण, विपन्न महिला–बालबालिका उत्थान, सडक नाटक, विद्यालय सुधार र जैविक ल्याब निर्माण जस्ता कार्यक्र>महरूको प्रतिवेदन प्रस्तुत
रिएको थियो।
src=”https://raikwarkhabar.com/wp-content/uploads/2026/01/inbound8671794931025192190-300×135.jpg” alt=”” width=”300″ height=”135″ class=”alignnone size-medium wp-image-87501″ /


कार्यक्रममा वडा अध्यक्ष, पूर्व अध्यक्ष, उपभोक्ता समिति सदस्य तथा स्थानीय समाजसेवीहरू उपस्थित थिए। सहसचिव हरि बिकले स्वागत मन्तव्य राखे भने सचिव लालप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरे।
जनजागरण सामुदायिक वनको यस साधारणसभाले वन संरक्षण र स्थानीय विकासमा निरन्तर सक्रिय योगदान गर्ने प्रतिबद्धता पुनः स्पष्ट पारेको छ।


