संगम बचत तथा ऋण सहकारी १४औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

हेमा भट्ट, माघ ४
कैलाली – धनगढी उपमहानगरपालिका–स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना भएको १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य रूपमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२–१०–०४ गते आइतबार सम्पन्न उक्त कार्यक्रम संस्थाकै कार्यालय परिसरमा आयोजना गरिएको हो।

कार्यक्रम संस्थाको व्यवस्थापन अध्यक्ष बसन्ती कुमारी ऐरको अध्यक्षतामा सम्पन्न भएको थियो। वार्षिकोत्सव कार्यक्रममा संस्थाका कर्मचारी अध्यक्ष मनमोहन विष्ट, उपाध्यक्ष रघुवीर भट्ट, सचिव केदारनाथ भट्टराई, कोषाध्यक्ष हेमराज पाण्डे, सदस्यहरू रोशन कुमार कर्ष, प्रिया खड्का, भागवती जोशी, लेखा सदस्य थानेश्वर खनाल लगायत व्यवस्थापन समिति तथा सम्पूर्ण कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष बसन्ती कुमारी ऐरले सहकारीले विगत १३ वर्षको यात्रामा सदस्यहरूको विश्वास, पारदर्शी व्यवस्थापन र कर्मचारीहरूको इमान्दार मेहनतका कारण निरन्तर प्रगति गर्न सफल भएको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि सहकारीको दिगो विकास, वित्तीय अनुशासन र सदस्य–मैत्री सेवामा अझ मजबुत भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वार्षिकोत्सव अवसरमा सहकारीको उपलब्धि, आर्थिक सुदृढता र भावी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो। कर्मचारीहरूबीच आपसी एकता, समर्पण र सहकार्यलाई अझ बलियो बनाउँदै संस्थालाई उदाहरणीय सहकारीको रूपमा स्थापित गर्ने संकल्पसमेत व्यक्त गरियो।
सकारात्मक ऊर्जा, उत्साहपूर्ण वातावरण र कर्मचारीहरूको सक्रिय सहभागितासहित सम्पन्न उक्त वार्षिकोत्सवले संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सफल यात्रालाई थप प्रेरणादायी बनाएको सहभागीहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply