धनगढीमा निःशुल्क युरोलोजी तथा मानसिक स्वास्थ्य OPD शिविर सञ्चालन हुने

माघ १५
धनगढी — धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित सीपी हस्पिटल प्रा.लि. मा निःशुल्क OPD स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। हस्पिटलले सार्वजनिक गरेको जानकारीअनुसार माघ १८ गतेदेखि २४ गतेसम्म उक्त शिविर आयोजना गरिनेछ।

शिविरमा वरिष्ठ युरोलोजिस्ट डा. विभूषित महतबाट किड्नी तथा पिसाब सम्बन्धी रोगको परीक्षण तथा परामर्श प्रदान गरिनेछ। पिसाब पोल्ने, दुख्ने वा रगत आउने, पिसाब चुहिने, पटक–पटक पिसाब लाग्ने, प्रोस्टेट वृद्धि, किड्नी तथा मुत्रनलीको पत्थरी, पिसाब रोकिने, किड्नी सुन्निने वा कमजोर हुने लगायतका समस्याको निःशुल्क परामर्श उपलब्ध गराइने हस्पिटलले जनाएको छ।

यसैगरी न्युरोसाइकेट्रिक तथा मानसिक तथा नशा रोग विशेषज्ञ डा. शैलेन्द्र प्रसाद जोशीबाट मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू प्रदान गरिनेछन्। शिविरमा तनाव, डिप्रेसन, अनिद्रा, छारे रोग (मृगी), बारम्बार टाउको दुख्ने, चक्कर आउने, सम्झन शक्ति कमजोर हुने, व्यवहार परिवर्तन, बालबालिकामा ओछ्यानमा पिसाब फेर्ने तथा नशा (रक्सी, सुर्ती, लागूपदार्थ) सम्बन्धी समस्याको परामर्श दिइनेछ।

सीपी हस्पिटलले यस्ता स्वास्थ्य समस्या भएका सेवाग्राहीलाई समयमै स्वास्थ्य जाँच गराई निःशुल्क अवसरको लाभ लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply