धनगढीमा संजय मोटर्सले सार्वजनिक गर्यो सुजुकी GIXXER बाइक र Avenis स्कुटर

हेमा भट्ट, धनगढी, माघ २५
धनगढी — VG Automobiles अन्तर्गत सञ्चालित संजय मोटर्स प्रा. लि. ले धनगढीमा नयाँ सुजुकी GIXXER बाइक र Avenis स्कुटर सार्वजनिक गरेको छ।
GIXXER बाइक मा ABS, SEP टेक्नोलोजी, परिष्कृत मफलर र टिकाउ टायर जस्ता सुविधा छन्। ग्राहकलाई आकर्षित गर्न मेटालिक सिल्भर, म्याट टाइटेनियम, र यु-ग्लास स्पार्कल ब्ल्याक रंग विकल्प उपलब्ध छन्।

दैनिक यात्राका लागि लक्षित Avenis स्कुटर मा USB चार्जिङ, साइड-स्ट्यान्ड इन्टरलक, इजी स्टार्ट सिस्टम, डिजिटल मिटर र १२५ सीसी SEP इन्जिन जडान गरिएको छ।
संजय मोटर्सले फेब्रुअरी विशेष अफर समेत सार्वजनिक गरेको छ। एक्सचेन्जमा रु. १०,००० बोनस, न्यूनतम मूल्याङ्कन रु. ४०,००० र सजिलो फाइनान्सिङ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधिले भने, “ग्राहक सन्तुष्टि र बिक्रीपछिको सेवामा केन्द्रित रहँदै हामी सुजुकी ब्रान्डको उपस्थिति अझ मजबुत बनाउँदै छौं।”
उपलब्ध मोडेलहरू:
V-Strom SX FI 249 | Gixxer SF 250 FI 249 | Gixxer 250 FI 249 | Gixxer 150 FI 155 | Gixxer 150 FI 150 | Avenis 125 CC
स्थान: धनगढी सहिद गेट अगाडि
सम्पर्क नम्बर: ९८५८४२३९१२ / ९८१४६३४९९२
अफर अवधि: माघ २५–२९, २०८२
पुरानो बाइक वा स्कुटर लिएर नयाँ मोडलमा एक्सचेन्ज गर्न सकिने सुविधा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply