कञ्चनपुर–१ मा नेकपाको घरदैलो अभिया

हेमा भट्ट, माघ २५
कञ्चनपुर -;राजनीति यसपटक मञ्चमा सीमित रहेन। नाराभन्दा बाहिर निस्केर, भाषणभन्दा तल झरेर नेकपा कञ्चनपुर क्षेत्र नं. १ मा जनताको ढोकैमा पुग्यो। लालझाडी गाउँपालिका–६ को चाँन्देव गाउँबस्तीबाट सुरु भएको घरदैलो अभियानमा नेकपा नेता–कार्यकर्ताहरू मत माग्नभन्दा पहिले मन सुन्न व्यस्त देखिए।

घरको आँगनमा उभिएर हात जोड्दै, कतै चौतारोमा बसेर, कतै भान्साकै छेउमा उभिएर नेताहरूले एउटै प्रश्न गरे— “तपाईंका समस्या के छन् ?” यही प्रश्नसँगै अभियानले राजनीतिक कार्यक्रमभन्दा बढी जनताको संवाद यात्राको रूप लिएको छ।

नेकपा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल भन्छन्,
“यो चुनावी औपचारिकता होइन, जनतासँग भरोसाको सम्बन्ध जोड्ने प्रयास हो।”
उनका अनुसार उम्मेदवार बीना मगरसहितका नेता कार्यकर्ताहरूले जनताको घरमै पुगेर सुशासन, न्याय र जनहितका विषयमा कुरा गरिरहेका छन्।

घरदैलोमा सहभागी प्रत्यक्षतर्फकी उम्मेदवार बीना मगर भाषणभन्दा बढी सुन्ने भूमिकामा देखिइन्।
“म क्षेत्रका समस्या जान्दछु,” उनले भनिन्, “तर जनताको मुखबाटै सुन्दा जिम्मेवारी अझ गहिरो महसुस हुन्छ।”
उनले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आशिर्वाद मागिरहेकी छन्।

नेकपा लालझाडीका युवा नेता भक्ता रानाका अनुसार यो अभियानले नेता र जनताको दूरी तोडेको छ।
“हामी जनताको ढोका ढकढक्याउन आएका हौं,” उनले भने, “उहाँहरूका गुनासा सुनेर मात्रै नीति बनाउने बाटो खुल्छ।”

चुनाव प्रचारप्रसार परिचालन समिति संयोजक तथा केन्द्रीय सदस्य देवीलाल चौधरीका अनुसार क्षेत्र, पालिका र वडा तहमा सम्पर्क कार्यालयसँगै घरदैलो अभियानलाई समानान्तर रूपमा अघि बढाइएको छ। प्रत्यक्षतर्फकी उम्मेदवार बीना मगर र समानुपातिकतर्फकी उम्मेदवार निरासा चौधरीले जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी प्रतिबद्धता राखिरहेका छन्।

घरदैलो कार्यक्रममा नेकपा नेता मदन सेन बडायकले जनताको हित गर्ने पार्टी नेकपा भएकाले मतदातासँग प्रत्यक्ष भेटघाट अपरिहार्य भएको बताए।
“भोलिको विकास आजको संवादबाट सुरु हुन्छ,” उनको भनाइ छ।

सुशासन, दीगो विकास र आम जनताका समस्या समाधानलाई मूल एजेन्डा बनाएर अघि बढेको नेकपाको घरदैलो अभियानले गाउँबस्तीमा फरक अनुभूति दिएको छ। यो अभियान केवल मत माग्ने कार्यक्रम नभएर, जनताको आवाजलाई राजनीतिक केन्द्रमा पुर्‍याउने प्रयासका रूपमा देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply