मनुले युवाको आवाजलाई नीतिमा बदल्ने प्रतिबद्धता गरे

कैलाली, फागुन ०७ – प्रतिनिधि सभा निर्वाचन, कैलाली–५ मा नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ‘मनु’ घरदैलो अभियानमा युवामाझ सक्रिय देखिएका छन्।

उनी युवा एजेन्डा, रोजगारी, सूचना प्रविधि र उद्यमशीलतामा केन्द्रित छन्। मनु भन्छन्, “जेन्जीको आवाजलाई नीतिमा परिणत गर्नु आजको आवश्यकता हो। युवालाई विदेश पठाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हो।”

घरदैलो, टोलभेला र भेटघाटका क्रममा युवाहरूले रोजगारी अभाव, डिजिटल अवसरको कमी, विदेश पलायन र लागूपदार्थ जस्ता चुनौतीहरू उठाएका छन्। कतिपय मतदाताले आक्रोस पोख्दा पनि मनु विनम्रतापूर्वक सुन्दै “झुटा वाचा नगर्ने, गर्न सकिने मात्रै प्रतिबद्धता गर्ने” अडानमा छन्।

मनुका योजना अनुसार, आधुनिक सूचना प्रविधि पार्क स्थापना गरी युवालाई IT, डिजिटल सीप र स्टार्टअपसँग जोडिने अवसर दिनेछ। युथ डाइलग र ईन्नोभेसन प्लेटफर्ममार्फत युवाको विचार सिधै नीति निर्माणमा पुगेको सुनिश्चित गरिनेछ।

स्वरोजगार प्रवर्द्धनका लागि तालिम, सीप र उद्यमशीलता विकास कार्यक्रम तीनै तहको सरकारसँग समन्वय गरेर सञ्चालन हुनेछन्। लागूपदार्थ दुव्र्यसन रोकथामका लागि अभिभावक, विद्यालय र प्रशासनसँग सहकार्यमा अभियान चलाउने योजना पनि उनले अघि सारेका छन्।

कैलाली–५ मा यसपटकको चुनावी बहस “विकास र युवा भविष्य” वरिपरि केन्द्रित भएको छ। पूर्वाधार, स्टार्टअप इकोसिस्टम, स्वरोजगार, दुव्र्यसन नियन्त्रण र युवा–मैत्री नीति निर्माणका एजेन्डा अघि सार्दै मनु मतदातासँग भेट्न लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply