झापामा AIG डम्बर बहादुर बि.क.द्वारा चुनावी सुरक्षा अनुगमन, शान्तिपूर्ण निर्वाचनको तयारी

खेमराज भट्ट, फागुन ९
काठमाडौ – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले डम्बर बहादुर बि.क. जिल्ला प्रहरी कार्यालय झापामा पुगेर व्यापक अनुगमन तथा निरीक्षण गर्नुभएको छ। चुनावी सुरक्षा तयारीलाई प्रभावकारी बनाउन उहाँको उपस्थितिले झापाको सुरक्षा संयन्त्र थप सक्रिय र सुदृढ बनेको देखिएको छ।

निरीक्षणका क्रममा उहाँले निर्वाचन केन्द्रहरूको सुरक्षा अवस्था, जनशक्ति परिचालन, कर्मचारी व्यवस्थापन, आवश्यक सामग्रीको उपलब्धता तथा कार्यसम्पादनको अवस्था सम्बन्धी विस्तृत जानकारी लिनुभयो। साथै सम्भावित संवेदनशील क्षेत्रको पहिचान, सुरक्षा रणनीति र समन्वयात्मक कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

AIG बि.क.ले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कुनै पनि प्रकारको अवाञ्छित गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो। “निर्वाचनलाई मर्यादित, भयमुक्त र विश्वसनीय बनाउन सम्पूर्ण प्रहरी कर्मचारी उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्छ,” उहाँको निर्देशन थियो।

उहाँले प्रहरी कर्मचारीलाई निष्पक्षता, अनुशासन र जनमैत्री व्यवहार कायम राख्न विशेष आग्रह गर्नुभयो। निर्वाचन अवधिभर नागरिकसँग सहकार्य र विश्वास निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै शान्ति सुरक्षामा कुनै कमजोरी नहुने विश्वास व्यक्त गर्नुभयो।
झापा जिल्लामा सुरक्षा तयारी सुदृढ रहेको जानकारी दिँदै सम्बन्धित अधिकृतहरूले आवश्यक स्रोत–साधन र जनशक्ति परिचालनको अवस्था सन्तोषजनक रहेको बताएका छन्। अनुगमनले समग्र निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने दृढ संकल्पसहित सुरक्षा निकाय सक्रिय रूपमा तयारीमा जुटिरहेको छ। नागरिकको विश्वास, प्रहरीको प्रतिबद्धता र समन्वयात्मक प्रयासले लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply