बेलडाँडीका पूर्व प्रधान विष्ट भन्छन्: “विकासका लागि बीना मगर नै विकल्प

केशव थापा, फागुन ११
कञ्चनपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार लाई विजय गराउन बेलडाँडीका पूर्व प्रधान वीरबहादुर विष्ट चुनावी मैदानमा सक्रिय भएका छन्।

तत्कालीन बेलडाँडी गाविसका पूर्व प्रधान विष्टले देशले प्राप्त गरेका उपलब्धिमा बीना मगरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनी संघर्षशील र विकासप्रेमी नेतृ भएकाले आफू चुनावी अभियानमा होमिएको बताए।

वि.सं. २०३९ सालमा पहिलो पटक स्थानीय निकायको निर्वाचनबाट बेलडाँडी गाउँ पञ्चायतको प्रधानको जिम्मेवारी सम्हालेका विष्ट दुई कार्यकाल लगातार प्रधानपञ्च भएका थिए। बेलडाँडीको नामाकरणमा समेत उनको भूमिका रहेको बताइन्छ। अहिले उनी उम्मेदवार मगरको पक्षमा गाउँ–गाउँ पुगेर प्रचारप्रसारमा जुटिरहेका छन्।

पूर्व प्रधान विष्टले क्षेत्रको समग्र विकास र जनताका समस्या समाधानका लागि बीना मगरको विकल्प नभएको दाबी गरे। “०४८ देखि ०७९ सम्म विभिन्न दलका नेताहरू केन्द्रीय सांसद भए पनि अपेक्षित परिवर्तन हुन सकेन। २०७४ मा बीना मगर विजयी भएपछि विकासले गति लिएको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अपेक्षाअनुसार काम अघि बढ्न सकेन,” उनले भने।

बेलडाँडी मात्र नभई बेलौरी, पुनर्वास र लालझाडी क्षेत्रको दीगो विकास र समृद्धिका लागि बीना मगरलाई पुनः जिताउनुपर्ने उनले आग्रह गरे। “म वृद्ध भए पनि क्षेत्रको उज्ज्वल भविष्यका लागि अहोरात्र खटिएको छु,” विष्टले बताए।

बीना मगरको पक्षमा बेलडाँडीसहित क्षेत्रका पूर्व जनप्रतिनिधि, विभिन्न दलका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, महिला, किसान, मजदुर, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी तथा ज्येष्ठ नागरिकहरूको साथ रहेको जनाइएको छ।

बेलडाँडीकी ९७ वर्षीया ज्येष्ठ नागरिक पवि थापाले समेत मगरलाई आशीर्वाद दिँदै विजयको कामना गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply