कञ्चनपुरका सपना पूरा गर्ने युवा, बौद्धिक र अनुभवी नेतृत्व अगाडि

हेमा भट्ट, फागुन १४
कञ्चनपुर – विकासको स्पष्ट दृष्टि, सुशासनको प्रतिबद्धता र आधुनिक कञ्चनपुर निर्माणको दृढ संकल्पसहित युवा तथा बौद्धिक नेतृत्व अगाडि आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव समेटेका माधव पन्त यतिबेला कञ्चनपुरका जनताको भरोसा बोकेर मैदानमा उत्रिएका छन्।

वर्षौंदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभव हासिल गरेका पन्तले अब त्यो अनुभव कञ्चनपुरकै समृद्धिका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “सीप, सोच र सम्भावनालाई अवसरसँग जोड्ने हो भने कञ्चनपुर विकासको नमूना जिल्ला बन्न सक्छ,” उनले बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हमार्फत उम्मेदवारी दिएका पन्तले विकास, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुदृढीकरण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेका छन्। स्थानीय युवा, बुद्धिजीवी तथा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूले समेत उनको नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरेका छन्।

उनका समर्थकहरू भन्छन्, “अब नाराभन्दा काम गर्ने नेतृत्व चाहिएको छ, र त्यो क्षमता माधव पन्तमा देखिएको छ।”

विकास, सुशासन र आधुनिक कञ्चनपुर – यही हाम्रो साझा संकल्प हो।कञ्चनपुरका जनताको भविष्य उज्यालो बनाउन सक्षम, स्पष्ट र प्रतिबद्ध नेतृत्वको पक्षमा जनमत सुदृढ हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply