हेमा भट्ट, फागुन १४
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार हरि चौधरीले आफ्नो पक्षमा जनलहर उत्साहजनक रहेको दाबी गर्नुभएको छ। घरदैलो, टोलसभा र भेटघाट कार्यक्रममा नागरिकको उल्लेख्य सहभागिता देखिएको उहाँको भनाइ छ।
जनता परिवर्तन, सुशासन र विकास चाहन्छन्। अहिले जनताको पार्टी नै नेकपा हो, चौधरीले भन्नुभयो, “तारामा मतदान गर्न मतदाता आतुर देखिएका छन्, हामी बहुमतसहित विजयी हुन्छौँ।”
उहाँले कृषि, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना अघि सारेको बताउनुभयो। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको सकारात्मक साथले चुनावी अभियान थप उत्साहजनक बन्दै गएको नेकपाको दाबी छ।
कैलाली–४ मा चुनावी माहोल तातिँदै जाँदा तारा चिन्हप्रति बढ्दो आकर्षणले नेकपाको पक्षमा स्पष्ट सन्देश दिएको समर्थकहरूको विश्वास छ।
