समावेशी विकासको एजेन्डासहित एनपी साउद चुनावी मैदानमा

हेमा भट्ट,फागुन १७
कञ्चनपुर, फाल्गुन — कञ्चनपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउद ले समावेशी विकास, स्थिरता र लोकतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै चुनावी अभियान तीव्र बनाएका छन्।

घरदैलो कार्यक्रम तथा भेटघाटका क्रममा उनले “भ्रमको खेती नगर्न” आग्रह गर्दै विगतका उपलब्धि, वर्तमानका आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रका आधारमा निर्णय लिन मतदातालाई आह्वान गरेका छन्।

नेपाली काङ्ग्रेस का तर्फबाट उम्मेदवार साउदले विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। विशेषगरी युवा, महिला, दलित तथा सीमान्तकृत समुदायलाई अवसरको समान पहुँच सुनिश्चित गर्ने उनको योजना रहेको छ।

उनले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने दाबी गर्दै “जनताको भरोसा नै हाम्रो शक्ति” भएको बताएका छन्।

फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुर–२ मा राजनीतिक चहलपहल बढ्दो छ। साउदले समृद्ध नेपाल निर्माणका लागि काङ्ग्रेसलाई समर्थन गर्न अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply