कञ्चनपुर–२ मा १,०९,५७४ मतदाता: चार दलबीच कडा प्रतिस्पर्धा, १८–२० हजार मतमै जित सम्भव

हेमा भट्ट, फागुन २१
कञ्चनपुर, फागुन २१ – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कञ्चनपुर क्षेत्र नं. २ मा यसपटक १ लाख ९ हजार ५ सय ७४ मतदाता रहेका छन्। कुल मत संख्याभित्र प्रमुख चार दल – नेपाली कांग्रेस,
नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिस्ट पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच कडा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बहुदलीय प्रतिस्पर्धाका कारण मत विभाजन हुने सम्भावना उच्च रहेकाले १८ देखि २० हजार मत ल्याउने उम्मेदवार सहज रूपमा विजयी बन्न सक्ने आँकलन गरिएको छ। यसले निर्वाचनलाई थप रोचक र रोमाञ्चक बनाएको छ।

पञ्चाधीन माविमा उत्साहपूर्ण मतदान
कृष्णपुर नगरपालिका वडा नं. ९ स्थित पञ्चाधीन माध्यमिक विद्यालयमा २ हजार ७ सय ३४ मतदाता रहेका छन्। जसमध्ये १ हजार ४ सय महिला र १ हजार ३ सय ३६ पुरुष मतदाता छन्।

आज बिहान ठीक ७ बजेदेखि मतदान सुरु भएको छ। प्रारम्भिक चरणमै मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।

सबैभन्दा पहिले मतदान गर्नेहरूमा (क) केन्द्रबाट ५० वर्षीय जितबहादुर महरा, (ख) केन्द्रबाट बहादुर महरा र (ग) केन्द्रबाट बिष्णा बलायर रहेकी छन्। उनीहरूले शान्तिपूर्ण वातावरणमा पहिलो मत खसाल्दै निर्वाचनको शुभारम्भ गरेका हुन्।

मतदान केन्द्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने वातावरण पूर्णतः शान्त र मर्यादित देखिएको छ। मतदाताहरू अनुशासित रूपमा लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन्।

समग्रमा कञ्चनपुर-२ मा उत्साह, शान्ति र प्रतिस्पर्धाको सन्तुलित वातावरणबीच मतदान प्रक्रिया अगाडि बढिरहेको छ। निर्वाचन परिणामले आगामी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले यहाँको चुनावलाई चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply