फागुन २१
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गरेका छन्।
उनले चितवन क्षेत्र नम्बर ३ को भरतपुर-१४ शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालय(क) केन्द्रबाट मतदान गरेका हुन्। यो निर्वाचनमा उक्त क्षेत्र नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल उम्मेदवार छिन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया, राप्रपाबाट दिपक थापालगायत उम्मेदवार छन्।
दाहाल चितवनमा मतदान गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाँदैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
