सप्तरीमा २६ प्रतिशत मत खस्यो

कल्याणपुर (सप्तरी) फागुन २१ गते । सप्तरीमा बिहीबार दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको हो ।

जिल्लाको स्थायी २९६ र अस्थायी दुई गरी २९८ मतदानस्थलको ५६२ मतदान केन्द्रमा २६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उहाँले बताउनुभयो । चारवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल चारलाख ४६ हजार ४०२ मतदाता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply