वडा नं. ९ को पञ्चाधीन मावि मतदान केन्द्रमा उत्साहपूर्ण मतदान

हेमा भट्ट, फागुन २१
कञ्चनपुर — कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको पञ्चाधीन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ। बिहानदेखि नै मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

उक्त मतदान केन्द्रमा दर्ता भएका कुल २७३६ मतदातामध्ये दिउँसो १:४५ बजेसम्म १३९३ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। निरन्तर बढिरहेको सहभागिताले मतदाताहरूको लोकतान्त्रिक उत्साह झल्काएको छ।

मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीका अनुसार मतदान प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित ढंगले सञ्चालन भइरहेको छ। हालसम्म कुनै अवरोध वा समस्या नआएको र मतदाताहरूले शान्तिपूर्ण रूपमा आफ्नो मत खसाइरहेका छन्।

स्थानीय बासिन्दाहरू बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई उत्साहपूर्वक मतदान गरिरहेका छन्। समग्रमा केन्द्रमा शान्त, अनुशासित र सकारात्मक वातावरण कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply