फागुन २१
कैलाली — प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत कैलाली जिल्लाका मतदाताहरु मतदानमा उत्साहित देखिएका छन्। दिउँसो २ बजे सम्म जिल्लाभर कुल २००,२२२ मत खसिसकेको छ, जुन कुल मतदाताको करिब ३६ प्रतिशत हो।
जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको विवरण यस प्रकार छ:
कैलाली–१: ३२,३०४ मत (३०%)
कैलाली–२: ३४,८१५ मत (३२%)
कैलाली–३: ३३,८९१ मत (३१%)
कैलाली–४: ४४,९३० मत (३९%)
कैलाली–५: ५४,२८२ मत (४९%)
महिला मतदाताहरु पनि सक्रिय देखिएका छन्। कुल १०५,५४३ महिला मतदाता र ९४,६७९ पुरुष मतदाता मतदानमा सहभागी भएका छन्।
निर्वाचन अधिकृतले भने, “मतदान स्थलहरुमा सुरक्षा, सुविधा र व्यवस्थापन पूर्णरुपमा सुनिश्चित गरिएको छ। मतदाताहरुले लोकतन्त्रको महत्त्व बुझ्दै शान्तिपूर्ण ढंगले मतदान गरिरहेका छन्।”
कैलालीका मतदाताहरुको यो उत्साहपूर्ण सहभागिता लोकतान्त्रिक प्रक्रिया प्रति जनताको प्रतिबद्धता प्रष्ट देखाउँछ।

