कामठाडौँ, फागुन २१ गते । निर्वाचन आयोगका अनुसार बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज मध्यान्हसम्म देशका सबै मतदान केन्द्रमा जम्मा ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन् ।
उहाँका अनुसार मुस्ताङमा ४२ दशमलव ८४ प्रतिशत मतदान भएको छ । डोल्पामा ४० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
तनहुँमा २९ दशमलव ९३ प्रतिशत मतदान भएको छ । तनहुँमा मतदान प्रक्रिया शान्तिपूर्ण रहेको उहाँको भनाइ छ ।
दाङमा २६ दशमलव ९५ प्रतिशत मतदान भएको छ । रुकुममा मध्यान्हसम्म ३४ दशमलव ५३ प्रतिशत मतदान भएको छ ।
पवर्तमा ३० प्रतिशत, सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्म २९ प्रतिशत, म्याग्दीमा १२ः५० बजेसम्म ३० दशमलव ८६ प्रतिशत, रोल्पामा २६ प्रतिशत, मुगुमा ४२ दशमलव ९० प्रतिशत, ओखलढुङ्गामा २४ दशमलव ५० प्रतिशत मतदान भएको आयोगले बताएको छ ।
