फागुन २२
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन्।
बिहीबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन्।
बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ।
यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङ १ हजार ५१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा उक्लिएका छन्।
कांग्रेसकी मन्धरा चिमरियाले ४०३ मत पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३७० मत पाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
