पुनर्वासको दुई मुख्य बजारलाई लक्षित गरि निर्माण हुन लागेका ढल निकास योजना अन्तिम चरणमा

साढे २३ करोड लागतमा २ वटा ढल सम्पन्न हुँदै
धनबहादुर बिक
पुनर्वास २३ चैत
पुनर्वास नगरपालिका अन्तर्गत दुई मुख्य बजार लाई लक्षित गरि बन्दै गरेको ढल निकास योजना निर्माणकार्य तिब्र गतिमा भईरहेको छ ।

पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना मध्ये वडा नम्बर ३र ४ मा एक बर्ष अघि नै सम्पन्न भई सकेको थियो भने वडा नम्बर ६ टाउन बजारमा निर्माणकार्य जारि छ ।

आई वी आर डी बजार क्षेत्र र वडा नम्बर ४ मा ११ किलोमिटर तथा पुनर्वास टाउन मा ५.५० किलोमिटर लम्बाइ को ढल निकास योजना निर्माणकार्य ९१ प्रतिशत पूरा भईसकेको निर्माण व्यवसायी महादेव खिम्ती गोल्डेन गुड उच्चकोटि धनगढी का सञ्चालक सुरेन्द्र पन्तले बताएका छन ।

९१ प्रतिशत काम सम्पन्न भईसक्दा कुल योजनाको ५० प्रतिशत रकम पनि भुक्तानी नपाएको सञ्चालक पन्तले बताए ।

आइबिआरडि बजारको ढलको कुल सम्झौता रकम रु १२ करोड ५४ लाख २६ हजार ४८४ रुपैयाँ होभने टाउन बजारको ढलको कुल सम्झौता रकम रु ११ करोड १९ लाख ११ हजार ८२२ रुपैयाँमा ठेक्का भएको निर्माण कम्पनीले जनाएको छ ।

महादेव फेन्स गोल्डेन गुड उच्चकोटि जे.बि.का प्रोपाईटर सुरेन्द्र पन्तले समाचार विशेषलाई बताए ।

प्रतिभानगर टाउन बजार क्षेत्र को लागि राष्ट्रिय आवास कम्पनीको उत्तर पुर्व धनगढी जाने सडक नजिक कृष्णबहादुर तामाङ को जग्गामा फोहोर प्रसोधन गरिने भएको छ ।

सो को लागि पुनर्वास नगरपालिकाले १२ कट्ठा जग्गा खरिद गरेको छ । यद्यपि एक बर्ष अघि सम्पन्न भई सकेको पुनर्वास नगरपालिका ३,४ को ढल प्रसोधन गन्तव्य अझै टुंगो लागेको छैन ।

आईबिआरडी बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिने जनाईएको थियो यद्यपि बिबादका कारण हाल स्थगित भएको छ ।

सो सम्बन्धमा पुनर्वास नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी संग सम्पर्क गर्दा जग्गा अधिग्रहण का लागि नगरपालिकाले जग्गा खोजि रहेको र सो को लागि पालिकाले आवस्यक बजेट समेत छुट्याईसकेको जानकारी दिनुभयो ।

धनगढीको निर्माण व्यवसायी महादेव खिम्ती गोल्डेन गुड उच्चकोटि जे.भि.ले दुबै संरचना बनाउन ठेक्का प्राप्त गरि ७८ पुस १७ गते समझौता भई ८९ पुस १५ गते भित्र काम सम्पन्न गर्न सरकार र निर्माण कम्पनी बिच सहमति भएपनि ढल संरचना निर्माण गर्न ठेकेदार कम्पनीले करिब ३ बर्ष ढिलो गरि निर्माण गरेको छ ।

। यस योजनाले पुनर्वासका मुख्य दुई बजारको ढल समस्या समाधान हुने स्थानीयले आशा राखेका छन । ढल निकास समस्या समाधान भएपनि बर्षायाममा आउने पानीको उचित निकास नहुँदा टाउन र आइबिआरडी बजार जलमग्न हुने गरेका छन ।
निर्माण कार्य सम्पन्न भएपछि टाउन र आइबिआरडीका जनताले शौचालय निर्माण गर्दा सेफ्टी ट्याङ्की निर्माण गर्न नपर्ने र ढल मार्फत नै बगेर जाने निर्माण कम्पनी ले जनाएको छ ।

यस योजनाले पुनर्वासका मुख्य दुई बजारको ढल समस्या समाधान हुने स्थानीयले आशा राखेका छन । ढलसंगै बर्षायाममा आउने पानीको उचित निकास नहुँदा टाउन र आइबिआरडी बजार जलमग्न हुने गरेका छन ।
यद्यपि उल्लेखित समस्या प्रति स्थानीय सरकार को ध्यान जान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply