धनगढी – काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको हो। बसमा २३ जना यात्रु सवार रहेको विवरण प्राप्त भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1