वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी:- शनिबार मौसममा सुधार आउने

धनगढी :- मनसुनी वर्षा अझै ३ दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ’,मौसमविद् पौडेलले भने ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।
साथै रातिको समयमा कोशी, मधेस बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शनिबार पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका १/२ स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply