सत्ती भन्सारले उठायाे लक्ष्यकाे ८३ प्रतिशत राजस्व संकलन: कैलाली भन्सार कार्यालय मा ६९ प्रतिशत

गणेश क्षेत्री
धनगढी : कैलालीको सत्ती भन्सार कार्यालय खक्रौला ले आर्थिक बर्ष २०७९ / ८० को भन्दा झन्डै दोब्बर राजस्व संकलन गरेको छ
आर्थिक बर्ष २०७९/८० मा ४४ प्रतिशत मात्रै राजस्व संकलन भएकोमा २०८०/ ८१ मा ८२.६३ प्रतिशत राजस्व संकलन भएको छ
तर सुदुर पश्चिम् प्रदेश को मुटु मानिने कैलाली भन्सार कार्यालय धनगढी मा भने लक्ष्य को ६९.२५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ! कैलाली भन्सार कार्यालय मा भन्सार का कर्मचारी को मिलेमतोमा राजस्व चुहावट हुने गरेको तथ्य रैकवार खबर ले केही महिना अघि प्रकाशित गरेको थियो
त्यसैगरी सत्ती भन्सार कार्यालय खक्रौला को लक्ष्य १२ करोड १ लाख ४७ हजार रहेकोमा ९ करोड ९२ लाख ८३ हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख दिनहरी सापकोटा ले बताउनुभयो
निर्यात शून्य जस्तै रहेको र आयात तर्फ बाट मात्रै राजस्व संकलन भएको र आयातमा कपडा , हार्डवेयर , कोइला , फर्निस आयल , मोटर साइकल का पाट्स हरु आउने गरेको सापकोटा ले बताउनुभयो
प्लान्ट क्वारेन्टाइन , पशु क्वारेन्टाइन नभएर खाध्यान्न लगायत का सामान नआउनेहुनाले राजस्व संकलनमा कमि त छदैछ ब्यापारी हरुलाइ समेत कठिनाई भोग्नुपरेको भन्सार प्रमुखको भनाइ थियो

श्रावण महिनामा ७१ लाख ९ हजार ७ सय ५२ रुपैयाँ , भाद्र महिनामा १ करोड ११ लाख ८० हजार ९ सय ९२ रुपैयाँ , असोज महिनामा ६२ लाख ६१ हजार ,कार्तिकमा ९२ लाख ३५ हजार ,मंसिरमा १ करोड २४ लाख ४ रुपैयाँ ,पौष मा १ करोड ४२ लाख ७१ हजार ४ सय ५४ रुपैयाँ , माघ मा ६६ लाख ५७ हजार ९ सय ८७ ,फागुनमा ५६ लाख ११ हजार ४ सय ४८, चैत्रमा ७६ लाख २२ हजार ५ सय ९ रुपैयाँ , बैशाख मा महिनामा ५६ लाख ६५ हजार
जेठ मा ७९ लाख ११ हजार ५ सय ११ र असार को २० गतेसम्म ५२ लाख ६० हजार ७ स सय ६१ रुपैयाँ राजस्व संकलन भएको नायब सुब्बा पदम भट्ट ले बताउनुभयो

हालसम्म नेपाल प्रहरीले १ सय ५२ पटक अबैध सामान पक्राउ गरेर ६८ लाख ६६ हजार ४ सय ८० रुपैयाँ बराबरको प्रतिबेदन पेस गरेको थियो भने सशस्त्र प्रहरी ले १ सय ९८ पटक भन्सार छली गरेको सामान पक्राउ गरेर ६१ लाख ७८ हजार २ सय ५ रुपैयाँ को प्रतिबेदन पेस गरेको नायब सुब्बा सिताराम बुढाथोकी ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply