सात दिनमा फिल्म ‘पुष्पा २’ ले नेपालमा कमायो १५ करोड ९० लाख रुपैयाँ ग्रस

२७ मङ्सिर धनगढी
नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित गर्न फिल्मले २२ करोड ग्रस कमाउनुपर्छ । सात दिनसम्मको हिसाबअनुसार वितरकले ५ करोड २० लाख हाराहारीमा सेयर पाउँछन् । ए–एट, डीसीएन र आरआरले मिलेर सुकुमार निर्देशित फिल्मलाई नेपाल ल्याएका हुन् ।

विश्वव्यापी कमाइ हजार करोड बढी

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले विश्वव्यापी एक हजार करोड भारुभन्दा बढी कलेक्सन गरेको छ । कमाइको गति अझै कायम छ । दोस्रो सप्ताहन्तमा पनि फिल्मको कमाइ केही बढ्न सक्ने अनुमान छ । सात दिनसम्म फिल्मले भारतभर ६८७ करोड भारु नेट कमाइ गरेको छ । तेलुगु संस्करणमा मात्र कमाइ २३२.७५ करोड र तमिलमा ३९ करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply