गणतन्त्र दिवसको अवसरमा प्रथम खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिता बन्जरीयामा आयोजना हुने

हेमा भट्ट ३० बैशाख २०८२
कञ्चनपुर- गणतन्त्र दिवस २०८२ को अवसर पारेर कृष्णपुर नगरपालिका–६, बन्जरीया स्थित पोखरा होटलको पछाडि हमार मित्र समूहको आयोजनामा प्रथम खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रतियोगिता यही २०८२ साल जेठ १५ गते (२०८२/०२/१५), दिउँसो १ बजेदेखि सुरु हुनेछ। खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा स्थानीय टिमहरू, क्लव, संघ–संस्था तथा खेलप्रेमीहरूलाई आ–आफ्नो टिमसहित सहभागी भई प्रतियोगिताको शोभा बढाउन आयोजकले आग्रह गरेका छन्।

प्रतियोगितासम्बन्धी नियम तथा व्यवस्था:
आयोजकका अनुसार प्रतियोगितामा सहभागी प्रत्येक टिममा ६ जना खेलाडी अनिवार्य रहनेछ। एक जना खेलाडीले दुई वा बढी टिमबाट खेल्न नपाउने व्यवस्था गरिएको छ। नियम उल्लंघन भएमा सम्बन्धित टिम स्वतः नकआउट गरिनेछ। साथै, खेलका क्रममा कुनै पनि चोटपटक परेमा त्यसको सम्पूर्ण जिम्मेवारी खेलाडी स्वयंले लिनुपर्नेछ। खेलसम्बन्धी कुनै विवाद उत्पन्न भएमा रेफ्रि तथा आयोजक समूहको निर्णय अन्तिम मानिनेछ।

टिम दर्ता विवरण:
टिम दर्ता यही जेठ १५ गते (खेल प्रारम्भ नभएसम्म) गर्न सकिनेछ। दर्ता शुल्क रु. २०००/- तोकिएको छ, जुन अग्रिमरूपमा बुझाउनुपर्नेछ।

पुरस्कार राशिः

विजेता टिमलाई नगद रु. २५,००५/-
उपविजेता टिमलाई नगद रु. १०,००५/- प्रदान गरिनेछ।

सम्पर्क गर्न सकिने व्यक्तिहरूः
राकेश चौधरी – ९८०९४५६१३१
सुरेन्द्र चौधरी – ९८०४६०००७८
राजन चौधरी – ९८१५६६६२४८

खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्न तथा आपसी मित्रता र सहयोगलाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समूहले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply