महिला यू-१९ एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

१ पुस धनगढी
एसिसी महिला यू-१९ एसिया कपमा आज नेपालले पहिलो खेल खेल्दैछ।

नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको हो।

मलेसियाको क्वालालम्पुरस्थित बयुमास क्रिकेट ओभलमा बिहान ११:४५ बजे खेल सुरू हुनेछ।

पाकिस्तानका लागि भने यो दोस्रो खेल हो। यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो।

नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन्। समूह ‘बी’ मा श्रीलंका, मलेसिया र बंगलादेश छन्।

नेपाली टोली : पुजा महतो (कप्तान), ज्योत्स्निका मरासीनी, सावित्री धामी, किरन कुमारी कुवँर, सिमाना केसी, सोनी पाख्रिन (उप- कप्तान), कुशुम गोदार, कृष्मा गुरुङ, रिया शर्मा, स्नेहा महरा, सना प्रविन, अलिसा कुमारी यादव, तिर्सना वि.क, रचना चौधरी र अनु कडायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply