मिटर ब्याज पीडितको बाँकेमा आन्दोलन

खेमराज भट्ट
काठमाडौ – मिटर ब्याज पैसालिएर र जग्गाकब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै बाँकेका मिटर ब्याज पीडितले आन्दोलन सुरु गरेका छन्। 
राज्यले न्याय को पक्ष मा ना उभिएर साहु महाजनको को पक्ष एकलौटी फैसला गर्ने गरेको भन्दै देशै भरीमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन्। 

आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल पश्चिम कमाण्ड, बाँके जिल्लाले नेपालगञ्ज जिल्ला अदालत घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। वित्तीय शोषणबाट आजित पीडितहरुको बृहत् उपस्थितिमा आन्दोलनका केन्द्रीय अध्यक्ष लगायत प्रमुख अगुवाहरुको उपस्थिती रहेको थियो। अदालतले गरिरहेका पीडित विरोधी गतिविधिका विरुद्ध ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण समेत गराइएको छ।
मीटर ब्याज विरुद्ध किसान मजदुर अनदोलान नेपाल को पश्चिम कमाण्ड अन्तर्गत पर्ने बाँके जिल्ला ले जन जागरण अभियान अन्तर्गत जिल्ला अदालत घेराउ गरी ज्ञापन पत्र बुझाएको छ भने जिल्ला अदालत ले एकलौटी फैसला गरी पीडित लाई दुःख दिने काम गरेको र पीडक ले मुद्दा हाली पक्राउ पुर्जी जारी गराउने अनि पीडित लाई प्रहरी लाई आदेश गरी पीडित लाई थुनुवा पठाउने काम गरेको पिडितकाे भनाइ छ। न्याय को पक्ष मा न उभिएर साहु महाजनको को पक्ष एकलौटी फैसला गरेको भन्दै देशै भरी का अदालत लाई ज्ञापन पत्र बुझाउने तयारी रहेको जनाए । मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अधक्ष्य अवधेश कुशवाहाको प्रमुख अथितिमा कार्यक्रम भएको बांके जिल्ला अधक्ष्य को अध्यक्षता मा सम्पन्न भएको थियोे ।
बाँकेमा ब्याज तथा ठगीविरुद्ध राज्यबाटै आफूहरूको आन्दोलन कमजोर पार्ने काम गरेको आरोप लगाए अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
राज्यले पटकपटक हाम्रो सान्तिपुर्ण आन्दोलन गरिरहेको समयमा आतङ्क र दमन गर्दै आएको आराेप लगाएका छन् । त्यसकारण हामी यस्ता अराजकताकाे घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन् । उनले सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा सहित अगाडि बढिरहेको जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply