राष्ट्रिय टोलीबाट खेलिसकेका क्रिकेटरलाई पछि पारेका चार युवा खेलाडी

वैशाख २१ धनगढी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणका २५ जनालाई स्थान दिएका छन्।

दोस्रो चरणमा २५ जनाको टोलीमा यू-१९ टोलीका स्पिनर युवराज खत्रीले स्थान बनाएका छन्। बागमती प्रदेशका ब्याटर शुभ कंसकार टोलीमा समेटिएका छन्। यसअघि नेपालको ‘ए’ टोलीबाट खेलिसकेका तीव्र गतिका बलर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले पनि २५ जनाको टोलीमा स्थान बनाएका छन्।

युवराज खत्री गत मंसिरमा भएको यू-१९ एसिया कपदेखि चर्चामा आएका बलर हुन्। १७ वर्षीय लेगस्पिनर खत्री एसिया कपमा सेलिब्रेसन गर्ने क्रममा घाइते भएका थिए।

गत महिना फेरि मैदान फर्किएका खत्रीले आइसिसी यू-१९ विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले छनोटमा दुई खेलमा नौ विकेट लिएका थिए। त्यसपछि सिनियर टोलीको कोर क्याम्पमा परेका खत्रीले त्यहाँ पनि सिनियर खेलाडीविरूद्ध उत्कृष्ट बलिङ गरेका थिए।

अछाममा जन्मिएका खत्रीले सुदूरपश्चिमबाट यू-१९ घरेलु क्रिकेट खेलेका छन्। उनी काठमाडौं बस्दै आएका छन्।

बागमती प्रदेशका ब्याटर कंसकारले नेपाल प्रिमियर लिग जनकपुर बोल्ट्सबाट खेलेका थिए। उनले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट ब्याटिङ गर्दै आएका छन्।

ब्याटर किरण ठगुन्ना र तीव्र गतिका बलर रुपेश सिंहले यसअघि नेपालले ‘ए’ टिमबाट आयरल्यान्डको ‘ए’ टोलीविरूद्ध डेब्यू गरेका थिए। ठगुन्नाले प्रधानमन्त्री कपमा दुई शतक प्रहार गरेका थिए। रुपेश सिंहले नेपाल प्रिमियर लिग जनकपुरबाट खेलेका थिए। घरेलु क्रिकेटमा लगातार उत्कृष्ट खेल्दै आएका मधेशका सिंहले तल्लो क्रममा ब्याटिङ पनि गर्न सक्छन्।

कोर क्याम्प नाम दिँदै सुरू भएको पहिलो चरणको प्रशिक्षणबाट २७ खेलाडी बाहिरिएका छन्। बाहिरिएका खेलाडीमा १३ जना खेलाडी त राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

जसमा लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका कुशल मल्लसहित सन्दीप जोरा, अभिनास बोहरा र सागर ढकाल पनि छन्।

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देव खनाल, इशान पाण्डे, कमलसिंह ऐरी, बिबेककुमार यादव र विनोद भण्डारी पनि छन्। सूर्य तामाङ, हेमन्त धामी, पवन सर्राफ र राशिद खान पनि पहिलो चरणबाटै बाहिएका छन्। सूर्य, हेमन्त र राशिदले राष्ट्रिय टोलीबाट डेब्यू गरे पनि लामो समय टोलीमा स्थान बनाउन सकेका छैनन्। पवन र कमलसिंह ऐरी चोटबाट फर्कन संघर्षरत छन्।

दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी
• रोहित पौडेल (कप्तान)
• आसिफ शेख
• कुशल भुर्तेल
• अनिलकुमार साह
• भीम सार्की
• दिपेन्द्रसिंह ऐरी
• गुल्शनकुमार झा
• अर्जुन साउद
• बसीर अहमद
• दिलिप नाथ
• आरिफ शेख
• युवराज खत्री
• किरण ठगुन्ना
• सन्दीप लामिछाने
• ललितनारायण राजवंशी
• शहाब आलम
• सोमपाल कामी
• करण केसी
• नन्दन यादव
• प्रतिस जीसी
• रिजन ढकाल
• आकाश चन्द
• रुपेश सिंह
• लोकेश बम
• शुभ कंसकार

पहिलो चरणको प्रशिक्षणबाट बाहिरिएका खेलाडी
• प्रज्वल थापा
• देव खनाल
• शाकिब हक
• सूर्य तामाङ
• सन्दीप जोरा
• कुशल मल्ल
• हेमन्त धामी
• दीपेशप्रसाद कँडेल
• इशान पाण्डे
• अर्जुन कुमाल
• आकाश त्रिपाठी
• सागर ढकाल
• बिबेककुमार यादव
• पवन सर्राफ
• शेर मल्ल
• राशिद खान
• सन्तोष यादव
• त्रित राज दास
• नरेन भट्ट
• विनोद भण्डारी
• अर्जुन घर्ती
• मयन यादव
• सुजन थपलिया
• अभिनाश बोहरा
• कमलसिंह ऐरी
• विशाल पटेल
• दीपेन्द्र रावत

आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज र टी-२० सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी परेका हुन्।

यसअघि ५२ खेलाडी रहेकोमा चार टोली बनाएर कोर क्याम्प संचालन गरिएको थियो। चार टोलीबीचको खेलपछि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट गरिएको हो।

सिरिजको अन्तिम तयारी नेपालले इंग्ल्यान्डमा गर्दैछ। वैशाख ३१ देखि जेठ १२ गतेसम्म नेपाली टोलीले अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।

त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।

नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।

लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।

लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply