‘ए’ डिभिजन लिग गर्ने सहमतिसँगै एन्फाको ताला खुल्यो

काठमाडौँ, फागुन २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल फुटबल खेलाडी सङ्घबिच शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल चैत ३० गतेदेखि आयोजना गर्ने सहमति जुटेपछि खेलाडी सङ्घले एन्फामा लगाएको ताला खुलेको छ ।

यसअघि खेलाडी सङ्घले आइतबार विभिन्न तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेका थिए । खेलाडीले तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग निश्चित गरिनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गरिनु पर्ने र विगत नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग राखेर तालाबन्दी गरेका थिए ।

एन्फाले खेलाडीसँगको सहमतिसँगै तालाबन्दी खुलेको र लिग गर्न एन्फा तयार रहेको जनाएको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ मा भएको थियो । लिग नियमिति नहुँदा चर्चित खेलाडीहरु विदेशिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply