स्काईवाक नेपालको दोस्रो वार्षिकोत्सव: आकाश छुने यात्राको दोस्रो वर्ष

खेमराज भट्ट, १५ असार २०८२, काठमाडौं
नेपालको अत्याधुनिक साहसिक तथा मनोरञ्जन स्थल स्काईवाक नेपालले आइतबार काठमाडौंको कमलादीस्थित आफ्नै टावर परिसरमा दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

दिउँसो १२ बजेदेखि २ बजेसम्म चलेको कार्यक्रममा विशिष्ट अतिथि, कर्मचारी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सांस्कृतिक प्रस्तुती, अनुभव साटासाट तथा स्काईवाक अवलोकनले उत्सवलाई थप आकर्षक बनायो।

‘आकाश अब माथि छैन’ — सपना अब यथार्थमा २०७९ सालमा वन्डर्स ग्रुपको लगानीमा स्थापना गरिएको स्काईवाक नेपालले छोटो समयमै राजधानीकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा आफूलाई स्थापित गरिसकेको छ।

पारदर्शी सिसाबाट बनेको हिँड्ने मार्ग, काठमाडौंको ३६० डिग्री दृश्यावलोकन र साहसिक अनुभूतिको संगमले यसलाई विशेष आकर्षणको केन्द्र बनाएको छ।

एक प्रतिनिधिका अनुसार, “हामी केवल मनोरञ्जनको स्थल होइन, आकाशसँग आत्मीय सम्बन्ध गाँस्ने प्रयास गरिरहेका छौं। स्काईवाक एक अनुभव हो— जुन साहस, सौन्दर्य र सम्भावनाको संगम हो।”

भव्य संरचना, नवीन सेवा
७८.५ मिटर अग्लो यो टावर कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ। यसको २५औं तलामा रहेको स्काईवाक प्लेटफर्म ३० एमएम मोटाइको पारदर्शी सिसाबाट बनेको छ, जसले आगन्तुकलाई आकाशमा उडिरहेको अनुभूति दिन्छ।

५८ वटा फलामका गह्रौं डण्डीहरूले टावरलाई जमिनभन्दा ३५ मिटर मुनिसम्म गाडेर मजबुत बनाइएको छ। यहाँ एकै पटक ५०० जनासम्म अट्न सक्छन् भने दुईवटा लिफ्टबाट ४५ जनाले एकसाथ शिखरमा पुग्न सक्छन्।

विस्तारित सुविधा र आकर्षणहरू स्काइ बार, स्काइ क्याफे, निर्माणाधीन स्काइ क्लब,हिमालयन जाभा, फिलि चिया, एभरेस्ट मःमः, बाइबियर माइक्रो पबजस्ता आउटलेट रोमाञ्चक फोटो अवसरहरू, स्मरणीय क्षणहरू

विशेष उपहार योजनासहितको उत्सव:वार्षिकोत्सवको अवसरमा स्काईवाक नेपालले फोटो अंकित कप निःशुल्क उपहार दिने घोषणा गरेको छ। यो योजना छुट सुविधा नलिएका पाहुनाहरूका लागि आगामी तीन महिनासम्म लागू हुनेछ।

सामाजिक र पर्यटकीय उत्तरदायित्व:स्काईवाकले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाबाट शुल्क नलिने नीति अपनाएर सामाजिक उत्तरदायित्वमा समेत प्रतिबद्धता देखाएको छ।

त्यस्तै, यहाँबाट काठमाडौंका ऐतिहासिक स्थलहरू—जस्तै घण्टाघर, सिंहदरबार, टुंडिखेल, धरहरा आदि—को सुन्दर अवलोकन गर्न सकिने सुविधा पनि छ।

भविष्यका लागि उच्च आकांक्षा देशको पर्यटन, रोजगार र आन्तरिक प्रवर्द्धनमा सशक्त योगदान दिँदै आएको स्काईवाक नेपाल तेस्रो वर्षमा प्रवेश गरेको छ।
“आकाश छुने सपना अब धरातलमै सम्भव छ — स्काईवाक नेपालको साथमा।”कार्यक्रमको समापन केक काटेर उत्सवमय वातावरणमा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply